बाहिर एक समूहको नाराबाजी चलिरहँदा भित्र वार्तामा को–को थिए ? (सूची)

काठमाडौं २५ असोज । शनिबार बिहान राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीबीच छलफल गर्ने भनेर जेनजी अगुवाहरू शीतल निवास पुगे । यद्यपि, सुरु भएको केही समयमै राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सारिएको छ ।

बिहान १० बजेदेखि सुरु हुने भनिएको छलफल राष्ट्रपति पौडेलको स्वास्थ्यमा सामान्य समस्या देखिएको भन्दै दुई दिन पछि सारिएको हो ।

राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र जेनजीका अगुवाहरु बीचमा छलफल गर्ने गरी आज शीतल निवास बोलाइएको थियो । तर, केहीले भने शीतल निवासमा प्रवेश नपाएको भनी गेटबाहिर विरोध गरेका थिए । यसरी एउटा समूह बाहिर रहँदा भित्र छिर्नका लागि नाम तय भएका अगुवाहरु २० जना थिए । तीमध्ये पनि पुरुषोत्तम यादवले बहिष्कार गरेका थिए ।

सूची

सुदन गुरुङ

ओजस्वीराज थापा

मिराज ढुंगाना

प्रवेश दाहाल

जितेन्द्र शाह

पुरुषोत्तम यादव

प्रशान्त पौडेल

अंकित अधिकारी

अभिषेक श्रेष्ठ

जुनल गदाल

अर्जुन शाही

रक्षा बम

प्रदीप ज्ञवाली

युजवराज भण्डारी

आदित्य कर्ण

आकृती घिमिरे

मोनिका निरौला

ओजस्वी भट्टराई

रिजन राना मगर

निकुञ्ज भण्डारी

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति