भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना म्याकाडोलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । भेनेजुएलाका प्रमुख विपक्षी नेत्री मारिया कोरिना म्याकाडोले २०२५ को नोबेल शान्ति पुरस्कार जितेकी छन्। नर्वेजियन नोबेल समितिले उनको ‘जनताका लागि लोकतान्त्रिक अधिकार प्रवर्द्धन गर्ने अथक प्रयास’ भन्दै सम्मान गरेको छ। म्याकाडोले सन् २०२४ को विवादास्पद राष्ट्रपति निर्वाचनमा राष्ट्रपति निकोलास मदुरोको अधिनायकवादविरुद्ध शक्तिशाली सामाजिक आन्दोलन सन्चालन गरेकी थिइन्। उनी गत वर्षदेखि लुकेर बसिरहेकी छन्। यो पुरस्कारले भेनेजुएलाको राजनीतिक सङ्कटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ बहसको रुप दिएको छ ।

म्याकाडोले सन् २०२४ को निर्वाचनअघि विपक्षीहरूलाई एकजुट बनाएकी थिइन् । यसअघि भेनेजुएलामा मदुरो सरकारले विरोध प्रदर्शनहरू दमन गरेको र असन्तुष्टहरूलाई गिरफ्तार अभियान चलाएपछि लाखौँलाई देश छोड्न बाध्य बनाएको थियो।

विपक्षी नेताहरूले ट्रम्प प्रशासनसँग मदुरो र भेनेजुएलाका अपराधी संगठनहरूसँग लड्ने रणनीतिबारे छलफल गरिरहेको न्यूयोर्क टाइम्सले लेखेको छ । बताइए अनुसार मदुरोलाई हटाइएपछि पहिलो १०० घण्टाको योजना तयार पारिएको पश्चिमा मिडियाहरुले नै सार्वजनिक गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले मदुरोलाई पक्राउ गर्नेलाई ५० विलियन डलरको अहिलेसम्मकै सवैभन्दा महंगो पुरस्कारको राशी तोकेका छन् ।


पुरस्कार घोषणा केही घण्टाअघि, अनलाइन पूर्वानुमान बजार पोलिमार्केटमा म्याकाडोको जितको सम्भावनाका बारेमा सट्टेबाजी तीव्र पारिएको भन्दै हार्वर्ड अर्थशास्त्री जेसन फुरम्यानले सामाजिक सञ्जालमा केही सट्टेबाजहरूले भित्री जानकारी पाएको टिप्पणी गरेका छन् ।

राष्ट्रपति ट्रम्पले भने नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने खुला रूपमा चाहना व्यक्त गरेका थिए। पुरस्कार घोषणापछि ह्वाइट हाउसका सञ्चार निर्देशक स्टिभन चेङले भने, ‘नोबेल समितिले राजनीतिलाई शान्तिभन्दा माथि राखेको प्रमाणित गरेको छ।’


‘राष्ट्रपति ट्रम्पले शान्ति सम्झौताहरू जारी राख्नेछन्, युद्धहरू समाप्त गर्नेछन् र जीवनहरू बचाउनेछन्,’ चेङले सामाजिक सञ्जालमा लेखेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति