गण्डकी प्रदेशका मुख्यमन्त्री आवासमा फेरि आगजनी, घटनास्थलमा गाँजा भेटियो

पोखरा १२ असोज । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवासमा शनिबार राति फेरी आगजनी भएको छ।

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले मुख्यमन्त्री पाण्डेको निवासमा आगजनी गर्नुका साथै तोडफोड गरेका थिए।

भदौ २४ गते जल्न बाँकी भएका सामग्री थुपारेर राखेको ठाउँमा शनिबार राति पुनस् आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

‘आगजनी भएको ठाउँमा गाँजा भेटिएकाले लागु औषध प्रयोगकर्ताले उक्त गरेको हुन सक्ने अनुमान गरेका छौं,’ डिएसपी बस्नेतले भने।

यस घटनामा थप अनुसन्धान भइरहेको उनले बताए।

मुख्यमन्त्रीको सचिवालयका अनुसार प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दा जोगिएका सामग्री उक्त कोठामा थुपारिएको थियो। सरकारी निवासमा आगजनी र तोडफोड भएपछि मुख्यमन्त्री पाण्डे मुख्यसचिवको निवासमा बसेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति