ऊर्जामन्त्री घिसिङले भारत भ्रमण गर्ने

काठमाडौं १२ असोज । उर्जा तथा भौतिक योजनामन्त्री कुलमान घिसिंगले २०८२ कार्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को आठौँ बैठकमा भाग लिन जाने भएका छन् । आइतबार असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री घिसिंगले भारत भ्रमण गर्ने स्वीकृत गरेको हो ।
जेनजी विद्रोह पछि बनेको अन्तरिम सरकारको कोही मन्त्रीले विदेश भ्रमण गर्ने यो नै पहिलो अवसर हुनेछ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मणिपुरमा भएको एक सार्वजनिक समारोह मार्फत समेत बधाई तथा शुभकामना दिएका थिए ।
त्यसो त भारतमा निर्वासित तिव्वती धर्मगुरु दलाई लामाले समेत यो सरकारलाई बधाई पत्र पठाएको विषय समेत चर्चामा छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति