प्रधानमन्त्रीको कार्कीको सल्लाहकारहरु पनि बारबरा फाउन्डेसनकै व्यक्तिहरु नियुक्त, प्रमुख सल्लाहाकार खनाल, जनसम्पर्क–तिमिल्सिना

काठमाडौं १२ असोज, । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।

त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले खनाल र तिमल्सिनालाई प्रधानमन्त्रीको दुई सल्लाहकारमा नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
खनाल यस अघि द हिमालयन टाइम्सको प्रधानसम्पादक र बारबरा फाउन्डेशनसँग सम्वन्धित थिए ।खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्र (CESIF) का अनुसन्धान सल्लाहकार हुन् ।उनी पछिल्लो समय पूर्वराजदूत विजयकान्त कर्ण नेतृत्वको सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सिइएसआइफ) मा अनुसन्धान सल्लाहकारका रूपमा कार्यरत थिए।

संस्थाको वेबसाइटमा उपलब्ध प्रकाशनको सूचीअनुसार नेपालका विभिन्न क्षेत्रमा चिनियाँ संलग्नताको विषयमा धेरै अध्ययन गरेको देखिन्छ।

नेपालका पूर्वाधारमा चिनियाँ संलग्नता, नेपालको नागरिक संस्थामा चिनियाँको गैरसरकारी संस्था र सफ्टपावर, आर्टिफिसियल इन्टेलिजेन्स र कूटनीति: नेपालको एआई कूटनीति, उत्तरतर्फको रोकिएको बाटो, नेपालमा बिआरआईको अध्ययन, नेपाली मिडियामा चिनियाँ प्रभाव, नेपालको सीमा क्षेत्रमा साना लगानीका वैदेशिक सहयता लगायत विषयमा संस्थाले अध्ययन गरेको छ। सोही संस्थाको एक अध्ययन रिपोर्टले चीनले उत्तरी नाका हुम्ला र जुम्लामा सीमा मिचेको निष्कर्ष निकालेको निकै विवादित भएको थियो ।

तिमिल्सेना रविन्द्र मिश्र र उज्जवल थापाका पार्टीबीच एकता भएको विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य समेत रहेका थिए । उनी त्यसअघि विवेकशील पार्टीका नेता समेत रहेका थिए । सो पार्टीको केन्द्रीय सदस्य रहेका ओमप्रकाश अर्याल गृहमन्त्री बनेका छन् । अर्याल यस अघि काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहका कानुनी सल्लाहाकार रहेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति