ओलीले गुण्डुमा गुण्डा चलाएको प्रचार भइरहँदा विद्या भण्डारीका अनेकौं भेट

काठमाडौं १२ असोज । सेनाको घेराबाट आफ्नो जलेको निवासकै आसपास रहेको भक्तपुर गुण्डुस्थित भाडाको घरबाट युवासंघ नेताहको घेरामा बसेका छन् । ओलीले त्यहींबाट शनिबार सार्वजनिक समारोह मार्फत आफूले कुनै गल्त नगरको पुरानै रट दोहराएका छन् ।
ओली बसेको स्थानका स्थानीयहरुले धेरैथरि गुण्डाहरु जस्ता देखिने युवाजमातको होहल्लाले शान्ति भंग गरेको भन्दै चिन्ता जनाएका छन् । यता पूर्व राष्ट्रपति तथा एमाले पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी भने एमाले नेता तथा कार्यकताहरुसँगको राजनीतिक भेटघाटमा देखि नागरिक अगरवाहरुसँग अब कसरी अघि बढ्ने भनेर मन्त्रणा गरिरहकी छन् । भंगालस्थित निवास गत भदौ २४ गते जेन जी विध्वंशमा जलाइएपछि उनी बालुवाटारस्थित जेठी छोरी उषाकिरण भण्डारीको निवासमा बस्दै आएकी छन् ।
सोही निवासमा शनिबार बिहानदेखि बेलुकीसम्म भेटघाटमा व्यस्त हुनुभयो । बिहान पौने ११ बजेदेखि झण्डै एक घण्टा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री शेरधन राईसँग कुराकानी गरेकी थिइन् ।
भदौ २४ को मुकुण्डो विद्रोहपछि एमाले पंक्तिमा भने सन्नाटा छाइरहेको छ ।

शनिबार दिउँसो २ बजेदेखि झण्डै साढे दुई घण्टा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा संघका पूर्व उपाध्यक्ष रोशन बस्नेतसँग र साँझ ५ बजेपछि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग कुरा गरेको स्रोतले बताएको छ । शुक्रबार भण्डारीले मदन भण्डारी कलेजमा झण्डै २ सय भन्दा बढी नागरिक अगुवा तथा पत्रकार र पूर्व कुटनीतिज्ञहरुसँग अन्तरक्रिया गरेकी थिइन् ।

उता भक्तपुरको गुण्डुस्थित भाडाको निवासमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो १ बजे पार्टी सचिवालयको बैठक बोलाएका छन् । ओलीले विद्या भण्डारीको सदस्यता समेत खारेज गरिदिएपछि विद्या भण्डारीले कसरी राजनीतिक पहलकदमी लिने भन्ने निर्णय गरिसकेकी छैनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति