काठमाडौं ११ असोज । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको हिंसात्मक घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्।
ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे चिन्ता व्यक्त गर्दै छानबिनको माग गरेका छन्।
उनले घटनाको सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न भनेको बताएका छन्। ओलीले हालैको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन् । शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष अोलीले सो माग गरेका हुन् ।
ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत प्रस्ट पारेका छन् । उनले भने– ‘ सुरुमा गोली कसरी चलेको हो भनी मैले स्वयं सोधखोज गरेको छु, पछि थाहा पाएँ १४ जनाको मृत्यु भएको छ । टाउकोमा गोली लागेको भन्ने जानकारी पनि आएको छ । यो कसरी भयो चिन्ता व्यक्त गरेको छु, त्यसबारेमा बुझ्न लगाएको छु ।’
उनले अगाडि भने– ‘म यो घटनापछि अत्यन्त दुःखी छु र ‘यो कसरी भयो’ भनी छानबिन गर्न पनि भनेको थिए ।’ अध्यक्ष ओलीले घटनाको सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न पनि आफूले भनेको बताए । तर भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको समेत उनले बताए ।
ओलीले देशभक्तिको पक्षमा बोल्नेहरूलाई झोले भन्दै ट्रेन्ड चलाएको भन्दै असन्तुष्टि जनाएका छन्।
सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै देशभक्तिको पक्षमा बोल्नेहरुविरुद्ध भ्रमको खेती गरिएको टिप्पणी गरे।
उनले भने, ‘विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारको झूट भ्रमहरू चलाउने देशभक्तिको पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइहाल्ने प्रवृत्ति बढेको छ। भ्रमको खेती गर्नेहरू लागिरहेका छन्।’
उनले एमाले नेतृत्वको सरकार बनेपछि देश विकासमा ऐतिहासिक काम गरेको दाबी गरे।

अध्यक्ष ओलीले आफूमाथि केही व्यक्तिले विभिन्न आरोप लगाएको टिप्पणी गर्दै जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई गम्भीरतापूर्वक लिएको बताए । उनले त्यसको समाधान गर्नतिर लागेको तर त्यो दिन गर्न नपाएको भन्दै चिन्ता जाहेर गरे । उनले भने– ‘ममाथि आरोप लगाए भन्ने कुरा आयो, म ती आरोपप्रति जवाफदेही हुनेछु, तर देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक छ ।’
उनले समाजमा हतियारको स्थिति अन्त गर्न र शान्तिको सुनिश्चित गर्न पनि जोड दिए । उनले भने– ‘प्रहरीको हातबाट हतियार जसले खोसेको हो त्यसले तत्काल फिर्ता गरी दिनुपर्छ, ताकि समाजमा थिति बसोस् ।’
सत्ताच्युत भएपछि पहिलो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कार्की नेतृत्वको सरकार तोडफोड र आगजनीबाट बनेको बताए।
उनले भने, ‘यो सरकारले मैले बोलेका अभिव्यक्ति सार्वजनिक गरोस्। अरूको पनि ल्याओस्, जनताको बीचमा ल्याओस्, प्रहरी र कर्मचारीलाई दिएको निर्देशन र कामहरू बाहिर ल्याओस्। हामी कुनै षड्यन्त्र गर्दैनौँ। हामी सबै पारदर्शी ढङ्गबाट गर्छौँ।’
उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचार नगरेको र गर्न पनि नदिएको जिकिर गरे। उनले थपे, ‘अहिले सरकारले पासपोर्ट रोक्ने हल्ला सुन्दै छु। के ठानेको छ। यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँरु के सोचेका छौँरु हामीले यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ।’
सरकारले विभिन्न उच्च पदस्थहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएकोबारे ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताए ।
‘अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ,’ ओलीले भने, ‘पासपोर्ट रोक्ने, के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं ?’ निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नै नेतृत्वको दलले देश बनाउने र संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउने समेत जिकिर गरे । ‘हामीले यो देश बनाउनुपर्नेछ, फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूल धारमा ल्याउँछौं,’ उनले भने ।
प्रतिक्रिया