काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाललाई रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि पुस ५ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो।
छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार, संक्रमण फैलिन सक्ने जोखिम भएकाले चिकित्सकको सुझाव अनुसार भेटघाट बन्द गरिएको छ।
प्रतिक्रिया