करार नवीकरण नगरेसम्म जहाज नउडाउने निगम क्याविन क्रु संघको निर्णय

काठमाडौं । नेपाल वायुसेवा निगमले करार नवीकरण नगरेपछि क्याविन क्रुका सदस्यले उडान नगर्ने निर्णय गरेका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल वायुसेवा निगम क्याविन क्रु सँघले व्यवस्थापनले निकटका व्यक्तिहरूको मात्र करार सेवा नवीकरण गरेको तर बाँकीको नगरी काममा लगाएको गुनासो गरेका छन् ।

अध्यक्ष प्रदा कार्की र सचिव पदमबहादुर कार्कीद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘व्यवस्थापनको चरम लापरबाहीका कारण तिन महिना पहिला हुनुपर्ने नवीकरण तथा क्याविन क्रु आईडी कार्ड अन्तिम समयसम्म नवीकरण नगराई उडाइएको साथै नेवानी र नागरिक उड्डयन प्राधिकरणको ओएमए ९।८ अनुसार महिनामा १०० घण्टा मात्र उड्न पाउने व्यवस्था उल्लंघन गर्दै सोभन्दा बढी उडाइएकाले सम्पूर्ण क्याविन क्रु थकान भई बिरामी पर्न गएकाले उडान गर्न असमर्थ छौं ।’

व्यवस्थापनसँग पटक(पटक कुरा गर्दा पनि कुनै प्रतिक्रिया नआएको विज्ञप्तिमा उल्लेख छ । यो विषयमा नेपाल प्रेसले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीसँग बुझ्न खोज्दा उनले अहिले बोल्न फुर्सद नभएको भन्दै प्रतिक्रिया दिन मानेनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति