मोरक्को विरुद्ध फ्रान्सको २–० को शानदार जित, फाइनलमा अर्जेन्टिनासंग प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकपअन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोमाथि २–० को शानदार जित निकाल्दै फइनलमा प्रवेश गरेको छ ।
खेलको पाँचौं मिनेटमा नै फ्रान्सका थियो हर्नान्डेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७९ मिनेटमा एमवाप्पेकोपासमा कोलोमानीले दोस्रो गोल गरेका हुन् ।
फ्रान्सले मार्कस थुरामलाई आफ्नो सर्वकालीन सर्वाधिक गोलकर्ता ओलिभर जिराउडको लागि मैदानमा उतारेको थियो ।
खेलको ६५ औं मिनेटसम्ममा मोरक्कोका स्ट्राइकर युसेफ एन नेसिरीले बलको तीन टच मात्र गरेका थिए ।
मोरक्कोले शुरुमै अलिकति आफ्नो लय गुमाएको थियो, पहिलो पाँच वा सो मिनेट मै उनीहरु नर्भस बनेको थिए । के मोरक्कोले केही नयां मुभ र त्यो गति फेरि फर्काउन सक्लान भन्ने प्रश्न उठेको थियो ।

विश्व फुटबल जगतलाई मोहित पार्ने चर्को जितपछि मोरक्कोले विश्वकपको सेमिफाइनलमा च्याम्पियन फ्रान्ससँग प्रतिस्पर्धा गर्न उत्रेको थियो। लियोनल मेस्सीले क्रोएसियामाथि शानदार जित हात पारेको अवस्थामा विजेता फ्रान्सले फाइनलमा अर्जेन्टिनासँग खेल्नेछ।

फ्रान्सले उपाधिको लागि अर्जेन्टिनासँग खेल्नेछ।

फ्रान्स लगातार दोस्रोपटक विश्वकपको फाइनलमा पुगेको हो । मोरक्को पहिलोपटक विश्वकपको सेमिफाइनलमा पुगेको अफ्रिकी टिम हो । खेलमा दुवै टिमका कसैले पनि कुने कार्ड खाएनन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति