१ सय २० किलोग्राम गाँजा बरामद

उदयपुर, २५ मंसिर । जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ । कटारी नगरपालिका–६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो ।

गाँजा बोकेका मान्छे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेशकुमार पोदारले जानकारी दिए । 

कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्ति गाँजा फालेर भाग्ने क्रममा सो गाँजा बरामद भएको हो । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति