एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

काठमाडौँ, २३ मंसिर । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा  समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए ।

निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाब मागिसकेको छ । 

प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति