सेनेगललाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

काठमाडौँ, १९ मंसिर । सेनेगललाई ३–० ले पराजित गर्दै इंग्ल्यान्ड कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगल भने प्रतियोगिताबाट बाहिरिएको छ । 

आइतबार राति अल बयात मैदानमा इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, कप्तान ह्यारी केन र बुकायो साकाले एक–एक गोल गरेका थिए ।

खेलको ३८औँ मिनेटमा हेन्डरसनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २–० को अग्रता दिलाएका थिए ।  जारी विश्वकपमा उनको पहिलो गोल हो । 

खेलको ५७औँ मिनेटमा साकाले गोल गर्दै इंग्ल्यान्डको जित सुनिश्चित गरे । विश्वकपमा उनको तेस्रो गोल हो । अब, इंग्ल्यान्डले अन्तिम आठमा साविक विजेता फ्रान्सको सामना गर्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति