नुवाकोटबाट बन्दुकसहित वृद्ध पक्राउ

नुवाकोट, १९ मंसिर । अवैध रूपमा राखिएको बन्दुकसहित एक वृद्धलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ ।

शिवपुरी गाउँपालिका–३ नयाँगाउँ घर भएका स्थानीय ६० वर्षीय हर्कबहादुर तामाङलाई दुई थान भरूवा बन्दुक र त्यसमा प्रयोग गरिने करिव एक किलोग्राम बारूदसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

उनलाई विदुरस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए । डिएसपी खड्काका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति