बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता

काठमाडौँ, १७ मंसिर । सत्ता गठबन्धनबाट बाजुरामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बद्री पाण्डेले निरन्तर अग्रता कायम गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यालयको पछिल्लो अपडेटअनुसार कांग्रेसका उम्मेदवार पाण्डेले १५ हजार नौ सय ६० मत पाएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका कर्ण थापाले १३ हजार पाँच मत पाएका छन् । उनीहरूको मतान्तर २९ सय ५५ पुगेको छ ।

४ मंसिरको  निर्वाचनमा  विवाद भएपछि यहाँका केही मतदान केन्द्रमा पुनः मतदान भएको हो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति