बेलायती राजकुमार विलियम र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता

एजेन्सी, १७ मंसिर । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका राजकुमार विलियमबीच बोस्टनमा भेट भएको छ ।

अर्थशट पुरस्कार  समारोहमा सहभागी हुन प्रिन्स विलियम आफ्नी पत्नी केटसँगै बोस्टनमा पुगेका थिए ।  संयोगवश बाइडेन पनि डेमोक्रेटिक पार्टीको कोष संकलन कार्यक्रममा भाग लिन बोस्टन सहरमा पुगेका थिए । उनीहरुबीच करिब आधाघन्टा भेटवार्ता भएको थियो । 

उनीहरुबीच अनौपचारिक कुराकानी पनि भएको थियो । बेलायतको सिंहासनको उत्तराधिकारी विलियम जोन एफ केनेडी पुस्तकालय र संग्रहालय बाहिर ओभरकोट बिना हिँड्दा बइडेनले चिसो मौसमबारे ख्याल गर्न बताएका थिए ।

बाइडेनले राजकुमार विलियमसँग आगामी दिनमा पनि ‘समय बिताउन तत्पर रहेको’, ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन–पियरले बताइन् ।

विलियमसँग भेट गरेपछि बाइडेन फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको लागि ह्वाइट हाउसमा आयोजित रात्रिभोजमा सहभागी भएका थिए ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति