बाजुरमा कांग्रेसका पाण्डेको अग्रता कायमै

बाजुरा, १७ मंसिर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन् ।

बडीमालिका नगरपालिका, गृहपालिका हिमाली र त्रिवेणी नगरपालिका–१ को मतगणना गर्दा कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार ५२९ मतले अग्रता लिएका छन् ।

उनले सात हजार ५१२ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कर्णबहादुर थापाले चार हजार ९८३ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति