मेलम्ची खानेपानीको समस्या समाधान गर्ने सिंहको प्रतिवद्धता

काठमाडौँ, १६ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको समस्या समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

मेलम्चीको आयोजनास्थल सिन्धुपाल्चोक पुगेका सिंहले कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौँमा पानी लैजानुपर्ने बताए ।

‘परियोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिन्छौँ। यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ,’ उनले भने । 

उनले चुनावका बेला जहिले पनि काठमाडौँबासीले पानी कहिले खुवाउँछौँ भनेर सोध्ने गरेको बताए ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति