समानुपातिकतर्फको एक करोड तीन लाख मत गणना, कसले कति पाए ?

काठमाडौँ, १६ मंसिर । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हालसम्म कुल एक करोड तीन लाख ६८ हजार ९० मत गणना भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको यही मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत भएको समानुपातिकतर्फको मतगणनामा नेकपा (एमाले)ले बिहीबार साँझ ७ः३० बजेसम्म २७ लाख ६९ हजार पाँच सय २३ मत प्राप्त गरी पहिलो स्थानमा छ ।

निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ३९ हजार छ सय १९ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६० हजार ९९१ मत प्राप्त गरेको छ ।

आयोगको विवरणानुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १६ हजार ३१३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८५ हजार ४६२, जनता समाजवादी पार्टीले चार लाख २० हजार ४६२, जनमत पार्टीले तीन लाख ९४ हजार २९९, नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९३ हजार ९८६, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६४८ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार दुई सय ७७, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४०, हाम्रो नेपाली पार्टीले ५५ हजार पाँच सय ७६, मंगोल नेसनल अर्गनाइजेसनले ४८ हजार दुई सय ७४ मत, राष्ट्रिय जनमोर्चाले ४६ हजार तीन सय ३२ मत प्राप्त गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत कुल ४७ दलले सहभागिता जनाएका थिए । त्यसमध्ये अन्तिम स्थानमा रहेको नेसनलिष्ट पिपल्स पार्टीले दुई हजार १५ मत प्राप्त गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति