एमालेका कसियैतलाई ११२ मतले हराउँदै सुनसरी–४ बाट कांग्रेसका कार्की विजयी

सुनसरी, १५ मंसिर । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।  सञ्चारमन्त्रीसमेत रहेका कार्कीले ३० हजार ४८३ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत पाए ।

मन्त्री कार्की एमालेका कुसियैतसँग ११२ मतको झिनो अन्तरले विजयी भएका हुन् ।

गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रको मतगणना विवादका कारण केही दिन अवरुद्ध भएको थियो । बुधबारदेखि फेरि सुरु भएको मतगणनाको बिहीबार दिउँसो अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति