सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडि

काठमाडौँ, १४ मंसिर । बहालवाला पाँच मन्त्री पराजित भइसकेका छन् । जसमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठ छन् । 

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट झिनो मतले अगाडि छन् । उनलाई एमालेका जगदीश कुसियैतले पछ्याइरहेका छन् । सुनसरी ४ को मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्की कुसियैतभन्दा ५८ मतले अगाडि छन् । कार्कीले २७ हजार ४४० र कुसियैतले २७ हजार ३८२ मत पाएका छन् । 

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कुसियैतलाई पछाडि पार्दै कार्की विजयी भएका थिए । तर, यसपटक माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि कार्कीलाई चुनाव जित्न निकै सकस परिरहेको छ ।

अब चार हजार मत गन्न बाँकी छ । त्यसैले अहिले नै कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति