परराष्ट्रमन्त्री नारायण खड्का उदयपुरबाट विययी

उदयपुर, १४ मंसिर । परराष्ट्रमन्त्री एवं कांग्रेस नेता नारायण खड्का उदयपुर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्  ।

नेकपा (एमाले)की मन्जुकुमारी चौधरीलाई २ हजार ३८९ मतान्तरले पराजित गर्दै खड्का विजयी भएका हुन् ।

खड्काले ३१ हजार २७० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन् ।

खड्काले ०७४ मा पनि मन्जुलाई हराएका थिए ।

१ लाख ३५ हजार ५२५ मतदाता रहेको यस क्षेत्रमा ७६ हजार ७५६ मत खसेको थियो । ४ हजार ९९६ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति