धनुषा–४ मा महेन्द्र यादवसँग महासेठले घटाए मतान्तर

काठमाडौँ, १३ मंसिर । धनुषा–४ मा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवसँग नेकपा (एमाले)का सचिव रघुवीर महासेठले मतान्तर घटाएका छन् ।

कांग्रेस सहमहामन्त्री यादवले ३१ हजार ३१६ मत पाएका छन् । मतगणना सुरू भएदेखि नै अघिपछि भइरहेका महासेठले ३१ हजार मत पाएका छन् । महासेठ २९५ मतले पछि छन् ।

उनीहरूबीच निकै रोचक प्रतिस्पर्धा भइरहेको छ ।

सोमबार बिहानदेखि ७ देखि ९ सय मतले पछि परिरहेका महासेठले घटाएर अहिले २९५ मा झारेका छन् । अब मिथिला नगरपालिका ११ को मात्र गणना बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति