धनुषा ४ मा रघुवीरलाई पछि पार्दै कांग्रेसका महेन्द्र यादवको अग्रता कायमै

धनुषा, १२ मंसिर । धनुषा ४ मा जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायमै राखेका छन् । यादव सात सय ४५ मतसहित लिड गरिरहेका छन् ।

हालै सार्वजनिक भएको मतगणनाअनुसार कांग्रेसका सहमहामन्त्रीसमेत रहेका यादवले २८ हजार ६ सय ५५ मत प्राप्त गर्दा एमाले उम्मेदवार रघुवीर  महासेठले २७ हजार नौ सय १० मत पाएका छन् ।

अब मिथिला नगरपालिकाको वडा नम्बर  ७, ८, ९, १० र ११ को मतगणना बाँकी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति