स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडे

काठमाडौँ, १२ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल बेयत रंगशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलको ६२औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएका थिए ।

यसपछि खेलको ८३ औँ मिनेटमा जर्मनीका खेलाडी निकलस फूलक्रुगले गोल गर्दै खेललै १–१ गोलको बराबरी ल्याए । यस बराबरीसँगै समूह ‘ई’ बाट दुवै टोलीको नकआउट सम्भावना कायम रहेको छ । स्पेनले दुई खेलमा चार अंक जोडेको छ भने जर्मनी दुई खेलमा एक अंक जोडेर पुछारमा रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति