महोत्तरी : दुईवटामा गठबन्धन र एउटामा एमाले विजयी

महोत्तरी, ११ मंसिर । महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी भएका छन् । उनले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराए ।  

क्षेत्र नम्बर २ र ३ मा भने लोसपा विजयी भएको छ । क्षेत्र नम्बर ३ मा सरदसिंह भण्डारी र ३ मा महन्थ ठाकुर विजयी भएका हुन् । भण्डारीले निकटतम् प्रतिस्पर्धी विजयकुमार सिंहलाई पराजित गरेका हुन् ।

ठाकुरले जसपाका हरिनारायण यादवलाई १२ सय ५० मतान्तरले पराजित गरेका छन् ।

क्षेत्र नम्बर ४ को मतगणना भने जारी छ । यहाँ गठबन्धनबाट महेन्द्रकुमार राय र जसपाका सुरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति