पाल्पामा समानुपातिकमा एमालेको अग्रता

पाल्पा, ११ मंसिर । यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य रहेको पाल्पामा ५० हजार एक सय २३ मत ल्याएर एमाले समानुपातिकमा पहिलो स्थान ओगटेको छ । कांग्रेसले ३७ हजार नौ सय ७९ मत ल्याएर दोस्रो स्थानमा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सात हजार ८१३, नेकपा (माओवादी केन्द्र)ले पाँच हजार ७९१, मंगोल नेसनल अर्गनाइजेसनले तीन हजार १९८, नेकपा (एकीकृत समाजवादी)ले एक हजार ६९९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार ५४२, राष्ट्रिय जनमोर्चाले ६३२, राष्ट्रिय जनमुक्ति पार्टीले ५४०, जनमत पार्टीले १३० मत प्राप्त गरेको छ ।

प्रदेशसभातर्फ पनि ५५ हजार तीन सय छ मत ल्याएर एमाले नै समानुपातिकमा पहिलो बनेको छ । कांग्रेसले ३९ हजार ८६८ मत पाएको छ । माओवादी केन्द्रले आठ हजार २१६, मंगोल नेसनल अर्गनाइजेसनको तीन हजार ९०५, एकीकृत समाजवादीले तीन हजार ७४०, राप्रपाले तीन हजार १५, राष्ट्रिय जनमोर्चाले एक हजार ३३, राष्ट्रिय जनमुक्ति पार्टीले ७४८, हाम्रो नेपाली पार्टीको ४९४, जनमत पार्टीले २४९, जनता समाजवादी पार्टीले २४२, नेपाल आमा पार्टीले १७७, नेकपा मार्क्सवादी लेलिनवादीले १४८, जनसमाजवादी पार्टीले १०६ मत प्राप्त गरेको छ ।

जिल्लामा दुई लाख एक हजार ३२६ मतदाता रहेकामा प्रतिनिधिसभातर्फ एक लाख २१ हजार ५९७ मत खसेको थियो भने तीन हजार ५४५ मत बदर भएको छ । प्रदेशतर्फ एक लाख २२ हजार ४४२ मत खसेको थियो । यसअन्तर्गत चार हजार ९४ मत बदर भई जिल्लामा कुल आठ हजार २३९ मत बदर हुन पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति