सञ्चारमन्त्री कार्कीको क्षेत्र सुनसरी ४ मा मतगणना अनिश्चितकालका लागि रोकियो

सुनसरी । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले मतगणनामा धाँधली भएको आरोप लगाएपछि भएको विवाद समाधान नभएपछि अनिश्चितकालका लागि मतगणना स्थगित भएको छ ।

सुनसरी ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गरेको हो ।

सर्वदलीय र सर्वपक्षीय छलफलमा विवाद हुँदा मत गणना कार्यको सहज वातावरण नभएको भन्दै मतगणना रोकिएको हो ।

कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाएपछि त्यहाँ विवाद सुरु भएको छ ।

शुक्रबारराति मतगणनाका क्रममा हुँदै नभएको ६०६ मत एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतकोमा जोडेको आरोप कार्कीले लगाएका थिए ।

कार्कीको आरोपपछि निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेको थियो । तर त्यसमा कुनै सहमति नभएपछि मतगणना नै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

गणना रोकिनुअघि सार्वजनिक भएको परिणाम अनुसार यहाँ कार्की ९८ मतले अघि छन् । कार्कीले २३ हजार ४३९ र कुसियैतले २३ हजार ३४१ मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति