गृहमन्त्री खाँणको हार पक्का

रुपन्देही । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो ।

करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाएका छन् । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । बोहोराका समर्थकहरुले विजयी र्‍यालीको तयारी समेत गरिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति