चिनियाँ राष्ट्रपति सीले उत्तर कोरियाली नेतालाई लेखे पत्र

एजेन्सी, १० मंसिर । चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाली नेता किम जोङ उनलाई चीन क्षेत्रीय र विश्वव्यापी शान्ति, स्थायित्व र समृद्धिका लागि उत्तर कोरियासँग मिलेर काम गर्न इच्छुक रहेको कुरामा जोड दिएका छन् ।

राष्ट्रपति सीले किमलाई लेखेको पत्रलाई उद्धृत गर्दै उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ । केसीएनले केसीएनएले उत्तर कोरियाले हालै गरेको मिसाइल प्रक्षेपणको भने उल्लेख गरेको छैन् । 

उत्तर कोरियाको मिसाइल प्रक्षेपणलाई लिएर कोरियाली प्रायद्वीपमा तनाव  छ केही साताअघि दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासपछि उत्तर कोरिया थप भड्किएको छ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति