बैतडीमा जन्ती बोकेको जिप दुर्घटना

धनगढी, ९ मंसिर । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जिप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार सुपप्र०१००१ ज १३५४ नम्बर जिप सडकबाट १५ मिटर तल खसेको थियो । जिप दुर्घटनामा ४१ वर्षीय चालक मानबहादुर साउँद घाइते भएका छन् । घाइते साउँदको खुट्टा र कम्मरमा चोट रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण पत्ता नलागेको प्रहरीले जनाएको छ ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति