धनुषा–३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

जनकपुरधाम, ९ मंसिर । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित भएकी छन् ।

उनी सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी भएकी हुन् । जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मतमा सीमित भए ।

एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो ।लामो समय पश्चात यो क्षेत्रमा एमाले जितेको छ ।

जुलीलाई २०७० मा पराजित गरी निधि निर्वाचित भएका थिए ।२०७४ मा यो क्षेत्रबाट तत्कालीन राजपा नेपालका नेता राजेन्द्र महतो जितेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति