बिना मगरलाई हराउँदै कञ्चनपुर–१ बाट एमालेका तारा लामा विजयी

धनगढी, ९ मंसिर । नेकपा (माओवादी केन्द्र)की नेतृ एवं पूर्वमन्त्री बिना मगरलाई हराउँदै नेकपा (एमाले) नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनी कञ्चनपुर १ बाट विजयी भएका हुन् ।

लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन् ।

लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति