दाङ, ८ मंसिर । दाङ–२ मा प्रतिनिधिसभाको मतगणनामा सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) उम्मेदवार रेखा शर्माले अग्रता कायमै राखेकी छन् ।
ताजा मतपरिणामअनुसार शर्माले नेकपा (एमाले)का महासचिव शंकर पोखरेलभन्दा ४२३ मतले अघि छिन् ।
७२ हजार ८२२ मत गणना हुँदा शर्माले २५ हजार ६७ मत प्राप्त गरेकी छन् भने पोखरेलले २५ हजार ६५४ मत ल्याएका छन् ।
प्रतिक्रिया