बाँके ३ मा कांग्रेसका सहमहामन्त्री राठौर निर्वाचित

बाँके, ८ मंसिर । बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् ।

वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राठौरले २९ हजार ४० मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरेका छन् । राठौरले चार हजार ७९३ मतको अन्तरले कक्षपतिलाई पराजित गरेका हुन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले सात हजार ४३९ मत प्राप्त गरेको निर्वाचन अधिकृत भण्डारीले बताए । उनका अनुसार सो क्षेत्रमा कुल ७४ हजार दुई १३ मत खसेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति