पर्वतबाट एमालेका पदम गिरी निर्वाचित

पर्वत, ८ मंसिर । नेकपा (एमाले)का पदम गिरी पर्वतबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । 

कांग्रेसका अर्जुन जोशीलाई २२ सय ६३ मतान्तरले हराउँदै गिरीले संसद यात्रा तय गरेका हुन् । गिरीले २९ हजार ८७२ र जोशीले २७ हजार ६०९ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका जालबहादुर पुर्जा पुनले ४ हजार १७३ र राप्रपाका दिपकबहादुर मल्लले १ हजार ३४ मत प्राप्त गरेका छन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति