पर्वतको सेट नै एमाले विजयी

पोखरा, ८ मंसिर । पर्वतका तीनै निर्वाचन क्षेत्रमा नेकपा (एमाले) विजयी भएको छ । प्रतिनिधिसभा सदस्यमा पदम गिरी दोश्रो पटक निर्वाचित भए ।

उनले पूरानै प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद जोशीलाई २ हजार २६३ मत अन्तरले हराए । गिरीको २९ हजार ८ सय ७२ मत आउँदा जोशीले २७ हजार ६ सय ९ मत पाए । 

प्रदेश सभा (क) मा भक्त कुँवर निर्वाचित भए । उनले माओवादीका सुदीप कुवँरलाई हराएर डेब्यु गरेका हुन् । भक्तले १५ हजार ५३४ मत ल्याए भने सुदीपले १३ हजार ४६० मत पाए । 

प्रदेश सभा (ख) मा एमालेका मित्रलाल बस्याल विजयी भए । उनले कांग्रेसका बौद्धिक नेता ऋषिकेश तिवारीलाई हराएका हुन् । बस्यालले १४ हजार १३२ मत ल्याउँदा प्रतिश्पर्धी तिवारीको १२ हजार २१० मत आएको छ । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति