काठमाडौँ, ८ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभा सदस्यमा गोरखा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।
प्रचण्ड २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत पाए । एमालेका अब्दुस मिँयाले भने ७ हजार ३९३ मत प्राप्त गरे ।
गोरखा–२ मा ५४ हजार ३१ मत खसेकामा ५० हजार ९ सय ७ सदर भएको थियो । प्रचण्ड चौथो पटक सांसद बनेका हुन् ।
०६४ मा रोल्पा र काठमाडौँ १० बाट विजयी भएका उनी ०७० मा सिरहा ५ बाट विजयी भएका थिए । ०७४ मा चितवनबाट निर्वाचित भएका प्रचण्ड यसपटक गोरखा २ बाट विजयी भएका हुन् ।
प्रतिक्रिया