कांग्रेस नेता एनपी साउँद कञ्चनपुरबाट सांसदमा विजयी

कञ्चनपुर, ८ मंसिर । नेपाली कांग्रेसका नेता नारायणप्रसाद (एनपी) साउद कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नरबहादुर धामीलाई ६ हजार ४५५ मतान्तरले हराउँदै उनले संसदको यात्रा तय गरेका हुन् ।

साउदले २८ हजार १ सय मत प्राप्त गर्दा धामीले २१ हजार ६४५ मत पाए । १ लाख ५ हजार ५७७ मतदातामध्ये ६४ हजार ७५२ मत खसेको थियो । जसमध्ये ४ हजार ९२० मत बदर भएको  छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति