दार्चुलामा कांग्रेस नेता बडू विजयी

दार्चुला, ८ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका दिलेन्द्रप्रसाद बडू दार्चुलाबाट विजयी भएका छन् । 

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडूले नेकपा (एमाले)का उम्मेदवार गणेश सिंह ठगुन्नालाई २ हजार १३४ मतले पराजित गरेका हुन् ।

बडूले २८ हजार ५१५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी ठगुन्नाले २६ हजार ३८१ मत पाए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति