सिन्धुली २ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी

सिन्धुली । नेकपा माओवादी केन्द्रका उम्मेदवार लेखनाथ दाहाल सिन्धुली २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

माओवादीका दाहालले २७ हजार ५ सय १७ मत ल्याएर विजयी भएका हुन् ।

निर्वाचन आयोगका अनुसार दाहाल एमालेका उम्मेदवार मनोजजंग थापाभन्दा ६ हजार १ सय ६२ को मतान्तरले निर्वाचित भएका छन् । थापाले २१ हजार ६ सय ८७ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति