मध्यबिन्दु, ७ मंसिर । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।
श्रेष्ठले १९ हजार ३७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याएका छन् । यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो ।
त्यसैगरी, (२) मा पाण्डेले १८ हजार ८०६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपाल खनालले १४ हजार ७६१ मत पाएका छन् ।
प्रतिक्रिया