काठमाडौँ, ७ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्की विजयी भएकी छन् ।
बुधबार बिहान सार्वजनिक भएको मतपरिणामअनुसार डा.कार्कीले १४ हजार २०८ मत पाइन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए ।
सोही क्षेत्रमा उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले ५ हजार ४५६ मत पाइन् । भुसाल हाल ऊर्जामन्त्री छन् ।
प्रतिक्रिया