धनुषाका तीन निर्वाचन क्षेत्रमा एमालेको अग्रता

काठमाडौं, ६ मंसिर । प्रतिनिधिसभाअन्तर्गत धनुषाका चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ । हालसम्मको गणनाअनुसार धनुषाका तीनवटा क्षेत्रमा एमालेले अग्रता लिएको छ ।

धनुषा २ मा उमाशंकर अरगरिया, ३ मा जुलीकुमारी महतो र ४ मा रघुवीर महासेठले अग्रता लिएका छन् ।

धनुषा १ मा जसपाका दीपक कार्की अगाडि छन् । उनी एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार हुन् । धनुषा २ मा अरगरियाले कांग्रेसका रामकृष्ण यादव, ३ मा महतोले लोसपाका अनिलकुमार झा र ४ मा महासेठले कांग्रेसका महेन्द्र यादवलाई पछि पारेका हुन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति