लमजुङमा पृथ्वीसुब्बा गुरूङ करिब दुई हजार मतले अघि

लमजुङ, ६ मंसिर । लमजुङ प्रतिनिधिसभा सदस्यतर्फको पछिल्लो सार्वजनिक मतगणना परिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार पृथ्वीसुब्बा गुरुङले एक हजार ८२० मतले अघि रहेका छन् ।

पछिल्लो मतपरिणामअनुसार कुल गणना २३ हजार ८७० मध्ये गुरुङले ११ हजार ६१७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए । उनका अनुसार वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नौ हजार ७९७ मत प्राप्त गरेका छन् ।

उक्त मतगणना हुँदासम्म ६७८ मत बदर भएको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा एक लाख ३३ हजार पाँच सय ५९ मतदातामध्ये ८० हजार नौ सय १७ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति