भोजपुरमा माओवादीका किरातीको अग्रता

भोजपुर, ६ मंसिर । भोजपुरको प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मत गणनामा गठबन्धनका साझा उम्मेदवार सुदन किरातीले अग्रता लिएका छन् ।

हालसम्म तीन हजार एक सय २४ मत गणना हुँदा उनले एक हजार ५४१ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार शेरधनले एक हजार ८५ मत प्राप्त गरेका छन् ।

भोजपुर प्रदेशसभा ९१० मा गठबन्धनका साझा उम्मेदवार राजेन्द्रकुमार राईले सात सय छ मतले अघि देखिएका छन् ।

तीन हजार नौ सय २८ मत गनिसक्दा राई दुई हजार ४४ मत प्राप्त गरेका छन् भने एमालेका हरिबहादुर राईले एक हजार तीन सय ३८ मत प्राप्त गरेका छन् ।

जिल्लामा एक लाख २३ हजार तीन सय ७९ कुल मतदाता रहेकोमा ६२ हजार एक सय ८२ मत खसेको थियो । जुन ५० दशमलव ३९ प्रतिशत हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति