प्रधानमन्त्री देउवा दोब्बर मतले अगाडि

डडेल्धुरा, ६ मंसिर । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तीन हजार २२ मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि छन् ।

अहिलेसम्म १० हजार ८७० मत गणना हुँदा उनले पाँच हजार ६२१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार ५९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार ६३६ मत पाएका छन् भने ६५६ मत बदर भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति