मुस्ताङ प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी

पोखरा, ५ मंसिर ।हिमालपारिको मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् ।

उनले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए । विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए ।

उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् । प्रतिनिधिसभा सदस्यमा यसअघि नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति