धादिङ १ : ६ सय मत गन्दा एकीकृत समाजवादीको अग्रता

काठमाडौं, ५ मंसिर । धादिङमा ६ सय मत गन्दा एकीकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डेले अग्रता लिएका छन् ।  बागमती प्रदेशको मुख्यमन्त्री समेत रहेका पाण्डेले ३१९ मतसहित अग्रता लिएका हुन् ।

२२५ मतसहित नेकपा एमालेका भूमि त्रिपाठीले पछ्याइरहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्त ३१ मतसहित तेस्रो स्थानमा छन् ।  एक मत भने बदर भएको बताइएको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति