मतदान स्थगित भएका केन्द्रमा दुई दिन भित्र फेरि निर्वाचन हुने

काठमाडौं, ४ मंसिर । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका क्रममा कतिपय मतदान स्थगित भएका क्षेत्रमा दुई दिनभित्र फेरि चुनाव हुने भएको छ ।

स्थगित वा मतदान केन्द्रमा दुई दिनभित्र पुनः मतदान गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिइएको निर्वाचन आयोगले बताएको छ ।

आयोगले सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका विभिन्न १५ स्थानमा मतदान स्थगित भएको जनाएको छ । मतदानका क्रममा फाटफुट घटना घटे पनि समग्रमा निर्वाचन शान्तिपूर्ण भएको निष्कर्ष निकालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति